नवलपुर । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड न.४ स्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् ।
दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका तीन बालकहरु घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । उनका अनुसार, उनीहरु च्याउ टिप्ने क्रममा डढेलोमा परेका थिए ।
गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो । दुनैमा थप उपचार सम्भव नहुने भएपनि हेलिकोप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज ल्याउने प्रयास भइरहेको छ । तर, मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
यस सामुदायिक वनमा केही दिन देखी ढढेलो लागिरहेको र निभाउने प्रयास जारी रहेको पनि प्रजिअले जानकारी दिएका छन ।