आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

सवारी दुर्घटनामा परि नयाँ बेलाहानी गाविसका पूर्व अध्यक्ष अर्यालको निधन

    प्रकाशित २०८० चैत्र ७, बुधबार (७ महिना अघि)


नवलपुर । नवलपरासी पूर्वको साविक नयाँ बेलाहानी गाविसका पूर्व अध्यक्ष भुपलाल अर्यालको सवारी दुर्घटनामा परी बुधबार निधन भएको छ ।

मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा बुधबार बिहान अटो दुर्घटनामा घाईते हुनु भएका अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।मध्यविन्दु–११ को दमारबाट अरुणखोला तर्फ आउने क्रममा अर्याल सवार ग.प्र. ०४–००१ ह ००४ नं. अटो दुर्घटना भएको थियो । दुर्घटनामा घाईते उहाँलाई मध्यविन्दु जिल्ला अस्पतालबाट थप उपचारको लागि चितवन लगिएको थियो ।

२०५४ मा नेकपा एमालेको तर्फबाट नयाँ बेलाहानी गाविसको अध्यक्ष पदमा निर्वाचित अर्याल यस क्षेत्रमा नैतिकवान व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको कार्यकालमा देशभरको उत्कृष्ट गाउँ विकास समितिको रुपमा नयाँ बेलाहानी गाविस सम्मानित समेत भएको थियो । निर्णय पक्रिया, परादर्शीता, जनसभागिता लगायतको पक्षको मुल्यांकनमा नयाँ बेलाहानी गाविस उत्कृष्ट बनेको थियो ।

लामो समय देखि सामाजिक तथा रानितिक कार्यमा क्रियाशिल अर्याल हाल मानव अधिकार समुह मध्यविन्दुका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य एवम् मध्यविन्दु नगर सह–इञ्चार्जको जिम्मेवारीमा रहनु भएको थियो ।

दुर्घटनामा घाईते मध्यविन्दु नगरपालिका १० की ७६ वर्षीया टिका देवी काफ्लेको र ७० वर्षीय तोयानाथ पोख्रेलको अहिले पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । उहाँहरुको अवस्थामा मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Write your Comment