आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

देवचुलीमा मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा

    प्रकाशित २०८० फागुन १४, सोमबार (६ महिना अघि)


देवचुली। मगर एकता दिवसको अवसरमा देवचुली नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । ४२ औँ मगर एकता दिवसको उपलक्ष्यमा मंगलबार सार्वजनिक बिदा दिइएको हो । फागुन १३ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १५ गते मगर एकता दिवसको अवसरमा बिदा दिन लागिएको नगरपालिकाले जनाएको छ ।

सो दिन नगरपालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सम्पूर्ण वित्तीय संघसंस्थाहरुलाई सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माद्वारा हस्ताक्षरित सूचना जनाइएको छ ।

Write your Comment