काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल नामिबियाँसग पराजित भएको छ।त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको दोस्रो खेलमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले राम्रो प्रदर्शन गर्दै नेपालमाथि २ विकेटले जित हात पारेको हाे।
टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर पनि खेल्न सकेन। ५० ओभरमध्ये ३७ दशमलव १ बल खेल्दै नेपालले सबै विकेट गुमाएर १६८ रन मात्रै बनाउन सक्यो।नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। नामिबियाका लागि कप्तान गेरहार्ड इरास्मसको ५२ रन बनाए। जोहन्सन स्मिथले ३४ रनको अविजित पाली खेले।
कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिदाँ कुशल मल्ल, ललित राजवंशी, रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समान एक/एक विकेट हात पारे। नेपालका लागि आसिफ शेखले ५८ रन बनाएको इनिङ्समा कुशल मल्लले ३६ र भिम सार्कीले २६ रनको योगदान दिए। नेपालका तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किए। अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएका हुन्। ओपनर कुशल भुर्तेलले १८ रन बनाए। करन केसी १२, दिपेन्द्र सिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा आउट भए।
यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।नेपालले प्रतियोगिता अन्तर्गत घरेलु मैदानमा नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्नेछ।