आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

कावासोती २ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकारको बारेमा सचेतना

    प्रकाशित २०८० फागुन ३, बिहिबार (८ महिना अघि)


कावासोती। कावासोती नगरपालिका वडा नम्बर २ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकारको बारेमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथ कावासोती वडा नं २ को कार्यालय, नवलपुर किशोरी संजाल र सामुदायिक सेवा केन्द्र नवलपुरको सहकार्यमा बिहीबार कार्यक्रम गरिएको हो ।

कावासोती वडा नम्बर २ का वडा अध्यक्ष शिवप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य समन्ती सारु मगर, वडा सदस्य तिल प्रसाद काफ्ले, नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टंक प्रसाद काफ्ले, वडा भित्रका विभिन्न आमा समुह, महिला समूह तथा टोल विकास संस्थाका पदाधिकारीहरु तथा अभिभावकहरु, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु बिक, सामुदायिक प्रहरीका प्रतिनिधि लगायतको उपस्थितिमा रहेको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवी बोटेले कावासोतीमा संचालित किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत भइरहेका विभिन्न गतिविधि र अभियानहरु तथा किशोरी अधिकार संरक्षणको आवश्यकताको बारेमा जानकारी दिनु भएको थियो । साथै समुदायस्तरमा आमा समूह, महिला समुह तथा अभिभावक हरुलाई केन्द्रित गरि कार्यक्रम गर्नुको उदेश्यको बारेमा जानकारी दिँदै कार्यक्रम संचालन गर्नु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क. ले हिंसाका प्रकारहरु, हिंसा तथा दुर्व्यवहार हुने कारणहरु, हिंसा तथा दुर्व्यवहारका असरहरु, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, जेष्ठ नागरिक माथी हुने हिंसाको अवस्था र त्यसको तथ्यांकहरु सहित प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उहाँले हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि विभिन्न समयमा गरिएका प्रयासहरु सहित हिंसा रोकथाम तथा न्यूनीकरणमा सरोकारवाला, आमा समुह, महिला समूह, टोल विकास संस्थाका सदस्यहरु, अभिभावकहरु तथा किशोरीहरुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र हिंसा, दुर्व्यवहार भएमा कुन कुन निकायहरुमा समन्वय सम्पर्क गर्न सकिन्छ , वैदेशिक रोजगार अन्तर्गत तथा अनलाइन मार्फत महिलाहरु र किशोरकिशोरीहरुमा भएका हिंसा र त्यस्ता कुराहरुबाट कसरी सुरक्षित हुन सकिछ भन्ने सन्दर्भमा सहजीकरण गर्नु भएको थियो ।

Write your Comment