देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय फुटबल प्रतियोगितामा उपाधि देवचुली ११ ले जितेको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ को सह आयोजनामा सेन्टर प्लट खेल मैदानमा संचालित प्रतियोगिताको फाइनल खेलमा देवचुली १६ लाई हराउँदै देवचुली ११ ले उपाधि जितेको हो । देवचुली ११ ले देवचुली १६ लाई १-० गोल अन्तरले हराउँदै विजयी भएको हो। खेलमा देवचुली ११ का समिर श्रेष्ठले गोल गरेका थिए।
प्रतियोगिताको बिजेता देवचुली ११ ले नगद ४० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता देवचुली १६ ले नगद २० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यसै गरि सेमिफाइनल पुग्ने देवचुली १ र १५ ले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
फाइनल खेलमा देवचुली ११ का समीर श्रेष्ठ म्यान अफ दि म्याच भएका थिए । प्रतियोगितामा देवचुली १६ का खुमबहादुर मल्ल उत्कृष्ट खेलाडी, देवचुली १६ का दिवस श्रेष्ठ सर्वाधिक गोलकर्ता र देवचुली ११ का विशाल घिमिरे सर्वोकृष्ट गोलरक्षक भएका थिए।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष अमर बहादुर घर्ती मगरको अध्यक्षतामा भएको समापन कार्यक्रम देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो।