आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

गैंडाकोटबासीलाई मौलाकाली केवलकारमा २५% सहुलियत

    प्रकाशित २०८० माघ २, मंगलबार (१० महिना अघि)


गैंडाकोट ।सिंगो गैंडाकोटबासीले मौलाकाली केवलकार प्रयोग गर्दा सहुलियत पाउने भएका छन् । गत वैशाखबाट सञ्चालनमा आएको मौलाकाली केवलकारको भाडामा २५% सहुलियत सुविधा गैंडाकोट नगरपालिका वडा नम्बर १ र २ का बासिन्दालाई मात्रै दिईंदै आएको थियो । स्थानीयलाई दिइने छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने निर्णय गरिएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । माघे संक्रान्तिको अवसर पारेर सोमबारदेखि यो सहुलियत सुविधा लागू गरिएको उनले जानकारी दिए ।

पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेका केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिए । ५ मिनेट यात्रामा पुगिने केवलकारको दुईतर्फी भाडादर ५५० रुपैयाँ छ । सहुलियत सुविधापछि अब सबै गैंडाकोटवासीले परिचय खुल्ने आधिकारिक कागजातको आधारमा ४१५ रुपैयाँमा टिकट लिन पाउनेछन् ।

यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १४ डब्बा छन् । एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ । त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ ।

Write your Comment