देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पुस २८ गते साधारण सभा हुने भएको छ। पुस २८ गते शनिबार संस्थाले २२ औं साधारण सभा कालिका माध्यमिक विद्यालय परिसर हुने संस्थाका सचिव भरत आचार्यले जानकारी दिए।
आचार्यका अनुसार गण्डकी प्रदेश सभाका सदस्य रोशनबहादुर गाहा मगरको प्रमुख आतिथ्यतामा साधारण सभा बिहान ११ बाट सुरु हुने बताए ।संस्थाको साधारण सभाका लागि उपभोक्ता,शुभेच्छुक र अतिथिहरुलाई पत्राचार गरि सकिएको र सम्बन्धितलाई खबर नभएमा संस्थाको सूचना अनुसार उपस्थिति हुनका लागि उनले आग्रह गरे।
साधारण सभामा आर्थिक वर्ष २०७९/०८० को आम्दानी खर्च अनुमोदन,अध्यक्षको प्रतिवेदन तथा भावी योजना,सचिव,कोषाध्यक्ष र लेखा संयोजकको प्रतिवेदन,प्रतिनिधिमुलक साधारण सभा गर्न विधान संशोधन लगायतका प्रस्तावहरु पेश हुने आयोजकले जानकारी दिए। विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ६ सय घरधुरीका ३ हजार भन्दा बढी उपभोक्ता रहेका छन् ।