नवलपुर। मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ रहेको ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र स्विटर हस्तान्तरण गरिएको छ। रेशम फिरिरीद्वारा सीमान्तकृत र विपन्न परिवारका ३० जना बालबालिकालाई शैक्षिक सामाग्रीहरु र ३० जना बालबालिकालाई स्विटर वितरण गरिएको हो। मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष यमबहादुर केसीको प्रमुख आतिथ्यतामा सो सामग्री हस्तान्तरण गरिएको हो।ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना बालबालिकाहरुलाई कापी,पेन, पेन्सिल वितरण गरिएको हो।
कार्यक्रममा मध्यबिन्दु १५ का वडा अध्यक्ष यमबहादुर केसीले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि संस्थाले गरेको सहयोगको सदुपयोग गर्न र जिम्मेवार नागरिकको रूपमा रहि काम गर्न अनुरोध गर्नुभयो ।शैक्षिक सामाग्रीहरुले साना साना बालबालिकालाई पढाईमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा मध्यबिन्दु १५ का वडा अध्यक्ष यमबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा रेशम फिरिरी संस्थाका सचिव ताराप्रसाद न्यौपाने, सह सचिव ऋषिकुमार पंगेनीको उपस्थिती रहेको थियो।
कार्यक्रममा शैक्षिक सामाग्री प्राप्त गर्ने बालबालिकाहरु, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, जनप्रतिनिधिहरु, टोल सुधार समिति लगायतको सहभागिता रहेको थियो ।सो कार्यक्रमको संचालन विद्यालयका सह प्रधानाध्यापक धनबहादुर घर्ती गर्नुभएको थियो भने शिक्षक देवका पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।