आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

२९ औं जिल्ला स्तरीय भलिबल प्रतियोगिता: शनिबार महिलातर्फ पृथ्वी मावि,कावासोती,हुप्सेकोट र देवचुली विजयी

    प्रकाशित २०८० पौष १४, शनिबार (१० महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा २९ औं जिल्ला स्तरीय खुला पुरुष तथा पाचौं महिला भलिबल प्रतियोगितामा शनिबार महिलातर्फ पृथ्वी मावि,कावासोती नगरपालिका,हुप्सेकोट गाउँपालिका र देवचुली नगरपालिका विजयी भएको छ। पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा शनिबार घुमाउरी खेल मैदानमा भएको महिला तर्फ पहिलो खेल पृथ्वी मा विका विरुद्ध मध्यबिन्दुबीच भएको खेलमा पृथ्वी मा वि विजयी भएको छ। कावासोतीका विरुद्ध आयोजकबीचको खेलमा कावासोती विजयी भएको हो। आज नै भएको तेस्रो खेलमा बौदीकालीका विरुद्ध हुप्सेकोटका बीचको खेलमा हुप्सेकोट विजय भएको छ भने आजको चौथो खेलमा बरौलीका विरुद्ध देवचुली बिच भएको खेलमा देवचुली विजय भएको छ।आज भएको पुरुष तर्फको सेमिफाइनल अन्तर्गत बौदीकालीका विरुद्ध देवचुलीबिच खेलमा पहिलो सेट देवचुलीले जित्न सफल भएको छ भने बाँकी रहेको खेल आइतबार खेलाइने जनाइएको छ।

पुरुषतर्फ नवलपुरका सात पालिकाका १/१ वटा टिम र आयोजकको १ टिम गरि ८ टिमको लिग चरणको आधारमा खेल संचालन हुने साथै महिला तर्फ नवलपुर जिल्लाका ७ वटा पालिकाका १०वटा टिमबीच नक आउटका आधारमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ७५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद २० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगितामा महिलातर्फ प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद १० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको वडा युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिए।प्रतियोगिता अन्तर्गत आइतबार पुरुषतर्फ सेमिफाइनलको खेल हुने आयोजकले जनाएको छ।

Write your Comment