आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवचुलीको भीमसेन आदर्श माविलाई

    प्रकाशित २०८० पौष १०, मंगलबार (११ महिना अघि)


नवलपुर। नवलपुरमा संचालित सोह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि देवचुली नगरपालिकामा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले जितेको छ ।पुस ८ गतेबाट जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना तथा शान्ति निकुञ्ज माध्यमिक विद्यालयको व्यवस्थापनमा राजमन्दिर खेलमैदान सुरु भएको प्रतियोगितामा भीमसेनले ९ स्वर्ण,३ रजत र ७ कास्य पदकसहित प्रथम उपाधि उचालेको हो।

जिल्लाका आठवटा पालिकाबाट विभिन्न विधामा छनोट भएका छात्रछात्राको सहभागिता रहेको प्रतियोगितामा जनता माध्यमिक विद्यालय,कावासोतीले ५ स्वर्णसहित दोस्रो र मणिसंगम माध्यमिक विद्यालय,डाडाजोर,विनयी त्रिवेणीले ३ स्वर्ण,४ रजत र ३ कास्यसहित तेस्रो भएका छन् ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दो विधामा खेलहरु भएका थिए।एथलेटिक्स विधामा जनता माध्यमिक विद्यालय प्रथम,मणिसंगम माध्यमिक विद्यालय दोस्रो र भीमसेन आदर्श माध्यमिक विद्यालय तेस्रो भएका छन् । भलिबल छात्रतर्फ लुम्बिनी आदर्श डिग्री कलेज प्रथम,देवचुली माध्यमिक विद्यालय दोस्रो र त्रिभुवन माध्यमिक विद्यालय तेस्रो भएका छन् भने छात्रातर्फ कृष्ण गण्डकी मा वि ढोडेनी प्रथम, कालिका माध्यमिक विद्यालय दोस्रो र धर्मात्मा माध्यमिक विद्यालय मचेडी तेस्रो भएका थिए।

त्यसै गरि कबड्डी छात्रतर्फ नारायणी गण्डकी माध्यमिक विद्यालय प्रथम,सरस्वती संस्कृत माध्यमिक विद्यालय दोस्रो र मध्यबिन्दु कलेज तेस्रो भएको छन् भने छात्रातर्फ सरस्वती नमुना माध्यमिक विद्यालय हसौरा प्रथम,नेपाल शान्ति माध्यमिक विद्यालय हुप्सेकोट दोस्रो र लक्ष्मी माध्यमिक विद्यालय तेस्रो भएका छन् ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसीको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट एथलेटिक्स, कबड्डी,भलिबल, कराँते र तेक्वान्दो छात्रछात्राहरुको छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका प्रवक्ता कृष्ण पाण्डेले जानकारी दिए ।

Write your Comment