देवचुली। नेपाल मगर संघ देवचुली नगरपालिकाको तेस्रो पालिका अधिवेशन मंगलबार हुने भएको छ। पुस १० गते मंगलबार नेपाल मगर संघका केन्द्रिय सदस्य देवीसरा पुलामीको प्रमुख आतिथ्यतामा देवचुली पार्टी प्यालेसमा अधिवेशन हुने नेपाल मगर संघ देवचुलीका सचिव अमर घर्ती मगरले जानकारी दिए।
अधिवेशनका लागि देवचुली नगरपालिकाका प्रत्येक वडाबाट २ महिला सहित ५ जना प्रतिनिधि छनोट गरिएको संघले जनाएको छ। अधिवेशनबाट आगामी ३ वर्षका लागि २१ सदस्यीय कार्यसमिति चयन गरिनेछ।संघको दोस्रो अधिवेशनबाट टुकलाल रुचालको अध्यक्षतामा कार्य समिति चयन गरिएको थियो।