नवलपुर । नवलपुरको कावासोतीमा बालविवाह गरेको भन्दै बेहुला सहित पाँचजनलाई प्रहरीले पक्राउ गरेको छ ।कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटबाट बेहुला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यहि मंसिर २९ गते ४० वर्षका पुरुषले १६ बर्षिया बालिकालाई विवाह गरेको भन्ने उजुरी परेपछि नवलपुर प्रहरीले विवाह गर्ने पुरुष र उनका ४ जना आफन्तलाई पक्राउ गरेको प्रहरी निरीक्षक साजन कुमार शर्माले जानकारी दिए ।बालिकालाई ललाई फकाई जर्वजस्ती विवाह गराएको भन्ने उजुरीका आधारमा विवाहको चाँजोपाँजो मिलाउने लमी समेतलाई प्रहरीले पक्राउ गरि कारबाहीको तयारी थालेको उनले बताए । प्रहरीले पक्राउ परेकाको भने नाम सार्वजनिक गरेको छैन ।
पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १७३ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।