देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा आयाअर्जनका लागि बाख्रा वितरण गरिएको छ। देवचुली नगरपालिका वडा नम्बर ९ को दलित लक्षित आयआर्जनमूलक कार्यक्रम अन्तर्गत आथिक वर्ष २०८०/०८१मा विनियोजित १ लाख रुपैयाँबाट बाख्रा वितरण गरिएको हो।
वडामा रहेका विपन्न दलित परिवारलाई बाख्रा वितरण गरिएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले जानकारी दिनुभयो । दलित समाज संघ देवचुली ९ ले छनोट गरेको १३ जनालाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो ।
दलित समाज संघ देवचुली ९ को अध्यक्ष मोहन सिंह परियारको अध्यक्षतामा भएको बाख्रा वितरण कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष बलिराम सापकोटा,कार्यपालिका सदस्य मधुमाया गुरुङ , वडा सदस्यहरू , नगर युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्ले,वडा खेलकुद समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आले , दलित जागरण अभियानका कोषाध्यक्ष सोमबहादुर सेन्चुरी लगायत विपन्न दलितहरूको उपस्थिति रहेको थियो।