आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

मध्यबिन्दुमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

    प्रकाशित २०८० मंसिर २९, शुक्रबार (११ महिना अघि)


नवलपुर । मध्यबिन्दु नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजना तथा मध्यबिन्दु मानव अधिकार समुहको समन्वयमा मध्यबिन्दु १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा बिहिबार सो कार्याशाला सम्पन्न भएको हो।

मध्यबिन्दु मानवअधिकार समूहका सदस्य रामप्रसाद भट्टराईले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।मानव अधिकार समुहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण अधिकार तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गरिरहेको भट्टराईले बताउनुभयो ।


कार्यक्रममा धारापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टीकाराम पाण्डेले वातावरण संरक्षण गर्नका लागि नगरपालिकामा वन तथा वातावरण शाखाको माग गरेको बताउँदै मानव अधिकार समुहद्वारा नगरपालिकाको ध्यानाकर्षण गराईदिन आग्रह गर्नुभएको थियो।वातावरणमा अधिकार प्राप्ति तथा फोहोरमैला व्यवस्थापनका लागि सामुदायिक वनहरु सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयो ।

ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेले वातावरण संरक्षणका लागि सरोकारवाला सचेत हुनुपर्ने बताउनुभयो ।सबैको सहकार्यमा फोहोर मैला व्यवस्थापन गर्न सकिने र पालिकाले नै फोहोरबाट मोहर अभियान सुरु गरेकाले सबैले सो अभियानलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

मध्यबिन्दु नगरपालिका वडा न १५ का वडा अध्यक्ष यमबहादुर केसीले मध्यबिन्दु नगरपालिकाबाट फोहोरमैला व्यवस्थापन गर्न लागेको र सो कार्यमा समुदायको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।घर,समुदायबाट निस्कने फोहरमैलालाई नगरपालिकाले खरिद गर्ने गरि योजना बनाएको उहाँले बताउनुभयो । वन तथा वातावरण संरक्षणमा पालिकाले चासो दिएको र समुदायमा संरक्षणमा सम्बन्धि सचेतना आवश्यक रहेको उहाँको भनाई छ।नगरपालिकामा वन तथा वातावरण समिति गठन गरिएको र वातावरण सम्बन्धि काम गर्ने कर्मचारी व्यवस्थापन गर्नुका साथै शाखा कार्यालय बनाउन कार्यपालिकामा पहल गर्ने उहाँले बताउनुभयो ।

कार्यशालामा दिपक शर्माले वातावरण संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।वातावरण संरक्षणका लागि स्थानीय तहमा गर्नुपर्ने कामको समेत उहाँले सहजीकरण गर्नुभएको थियो।

ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ का अध्यक्ष यमबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष पिताम्बर पाण्डे ,प्रधानाध्यापक टोकबहादुर सुनारी, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा,सामुदायिक वनका प्रतिनिधि,टोल विकास संस्थाका प्रतिनिधि,सहकारीका प्रतिनिधि लगायत शिक्षक, विद्यार्थी, मानव अधिकार समुह तथा बाल अधिकार समूहका सदस्यको सहभागिता रहेको थियो ।

Write your Comment