देवचुली ।नवलपुरमा तेस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। नवलपुर जिल्ला तेक्वान्दो संघ (आईटिएफ)को आयोजनामा तेस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा जिल्लाभरका १२ वटा डोजाङबाट ३०० भन्दा बढी खेलाडीहरुले सहभागीता रहेका थियो।मंसिर २३ र २४ गते पिठौली चोरमा भएको प्रतियोगितामा प्रथम आरम्भ तेक्वान्दो डोजाङ, दोस्रो पिठौली तेक्वान्दो डोजाङ र तेस्रो हुप्सेकोट तेक्वान्दो डोजाङ भएका छन् ।
प्रतियोगितामा ८ स्वर्ण पदक सहित आरम्भ प्रथम,६ स्वर्ण पदक सहित पिठौली दोस्रो र ४ स्वर्ण पदक सहित हुप्सेकोट तेस्रो भएको संघका जिल्ला अध्यक्ष बिरबल कुँवरले बताए ।प्रतियोगिता प्रथम,द्वितीय र तृतीय समुहले शिल सहित पुरस्कार प्राप्त गरेका थिए । यस्तै, प्रतियोगिताको उत्कृष्ट महिला खेलाडी इभा गुरुङ घोषित भएका थिए भने उत्कृष्ट पुरुष खेलाडी पदम मल्ल भएका थिए ।
नवलपुर जिल्ला तेक्वान्दो संघ (आईटिएफ) का जिल्ला अध्यक्ष बिरबल कुँवरको अध्यक्षता भएको प्रतियोगितामा कावासोती नगरपालिकाका उप प्रमुख फूलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि प्रतियोगितामा जिल्ला खेलकुद विकास समिती नवलपुरका अध्यक्ष सेतमान पुन,कावासोती वडा नम्बर १२ का वडा अध्यक्ष ध्रुब खनाल( दिपेश), पिठौली चौर समितिका अध्यक्ष सागर गुरुङलगायत खेलाडीहरुको उपस्थिति रहेको थियो।