देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालित प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा बिहीबार देवचुली ११ विजयी भएको छ।
हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा संचालित प्रतियोगितामा देवचुली ११ ले देवचुली १५ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। खेलमा देवचुली ११ ले देवचुली १५ लाई ४-१ गोल अन्तरले विजयी भएको हो। देवचुली ११ बाट रमेश गुरुङले २ गोल ,रेलबहादुर राना र राजेश थापाले १/१ गोल गरेका थिए भने देवचुली १५ बाट टीकाराम आचार्यले गोल गरेका थिए । आजको खेलमा देवचुली ११ रमेश गुरुङ म्यान अफ दि म्याच घोषित भएका थिए।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र प्रत्येक दिनको खेलको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा शुक्रबार देवचुली १३ का विरुद्ध देवचुली १४ बिच खेल हुने खेल संयोजक प्रकाश हमालले जानकारी दिए।