आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा लैङ्गिक हिंसा सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० मंसिर १०, आईतबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा लैङ्गिक हिंसासचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पारेर देवचुलीमा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

देवचुली नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा देवचुली ७ का वडा अध्यक्ष भुमीसरा थापाको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा,देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले,वडा सदस्यहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले लैंगिक हिंसा अन्त्यका लागि सरकारी तथा गैरसरकारी संघसंस्था हातेमालो गर्दै अघि बढनुपर्ने बताउनुभयो । नगरपालिकामा लैङ्गिक हिंसाका घटनाहरु न्यूनीकरणका लागि पालिकाले विशेष योजना बनाई काम गरिरहेको उहाँले बताउनुभयो ।

अभिमुखीकरणमा जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला सेल प्रमुख बिन्दु बिकले जिल्लामा हिंसा अवस्था,हिंसा न्यूनीकरणका लागि भएका गतिविधि लगायतमा सहजीकरण गर्नुभएको थियो भने अधिवक्ता गणेश सापकोटाले हिंसामा कसरी परिन्छ,कानुनी उपचार लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा कार्यपालिका सदस्यहरु,महिला सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रमलाई देवचुली नगरपालिकाका समाजिक विकास शाखा प्रमुख विमला लम्सालले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment