डि आर क्षेत्री।देवचुलीको केउरानीमा मंसिर ७ गतेदेखि ९ गतेसम्म एकादशी मेेला हुने भएको छ। सदाका वर्षहरु जस्तै यस वर्ष पनि केउरानीको नारायणी नदी किनारमा मेला लाग्ने भएको हाे । नारायणी नदी किनारमा दिव्य मध्यवर्ती सामुदायिक वनद्वारा आयोजना गरिएको एकादशी मेलाकाे तयारी तिव्र गतिमा भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रकाे रुपमा विकास हुँदै गरेकाे यस क्षेत्रमा यहि मङ्सिरकाे ७ देखि ९ गते सम्म मेलाकाे आयाेेजना गरिएको हो।
मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध एक दर्जन कलाकारहरुले आफ्नो प्रस्तुति राख्नेछन् भने महानायक राजेश हमालकाे विशेष उपस्थिति रहने छ । स्थानिय थारु ,बोटे, मगर समुदायबाट तयार पारिएकाे खानाका परिकारहरु , व्यापारिक एवम् व्यवसायिक स्टलहरु , बाल उद्यान धार्मिक तथा पर्यटकिय सूचना केन्द्र लगायत रहने आयोजकले जनाएको छ।
मेलाकै अवसर पारेर जंगल सफारी, शनिश्चरे तालमा डुंगा सयर आदिकाे कार्यक्रमहरु सामुदायिक वनले व्यवस्थापन गरेकाे छ । मेलाबाट संकलन भएको रकमले मानव वन्यजन्तु बिचकाे द्वन्द्व कम गर्न सचेतना अभियान सञ्चालन गर्ने आयाेजकले जनाएको छ ।