देवचुली । नवलपुरको देवचुली नगरपालिकाको गोरे घुम्तिमा आइतबार भएको जीप दुर्घटनामा सातै जनाको मृत्यु भएको छ । जसमध्ये ६ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परि बौदीकाली गाउँपालिका ६ माझडाँडा बस्ने वर्ष चालक २९ को छन बहादुर आले, लहापे बस्ने बर्ष ५२ की कुमारी राना, माझडाँडा बस्ने बर्ष ५५ को टेकमान वानटकी, बुलिङटार गाउँपालिका ४ चुलिबोझा बस्ने बर्ष १२ की करिश्मा ठाडा, बर्ष ४५ की कमला वानटकी र मध्यबिन्दु नगरपालिका २ कोल्हुवा बस्ने बर्ष १८ चिरन अर्यालको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
अब बाँकी १ जनाको सनाखत हुन छ । ६ जनाको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ भने चिरनको शव पुरानो मेडिकल कलेज भरतपुरमा रहेको छ ।बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको डिएसपी पौडेलले जानकारी दिए । दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको माझडाँडाबाट सुन्तला बोकेर स्थानीय जीप चढेका थिए ।