नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाले जाजरकोट केन्द्र बनाई गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनर्स्थापना लागि दुई लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि गाउँपालिका र गाउँपालिकाबासीको तर्फबाट गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले भूकम्पमा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्तै मृतकका परिवारजनलाई समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गाउँपालिका अध्यक्षले गर्नु भएको छ ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको कारण जाजरकोट र पश्चिम रुकुममा ठुलो जनधनको क्षति भएको छ । यस अगाडी नवलपुरको मध्यविन्दु नगरपालिकाले पनि भूकम्प पीडितको लागि दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।