आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

गण्डकी प्रदेशलाई पर्यटन हवका रुपमा विकास गरिन्छ : मुख्यमन्त्री पाण्डे

    प्रकाशित २०८० कार्तिक १५, बुधबार (१२ महिना अघि)


नवलपुर।गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई पर्यटन क्षेत्रको हबका रुपमा विकास गरिने र त्यसका लागि प्रदेश सरकारले आवश्यक कार्य थालेको बताएका छन् ।गण्डकी प्रदेश भरिका पर्यटकीय सम्भावना बोकेका स्थलहरु र त्यसको प्रचार प्रसारसंगै पर्यटन क्षेत्रको हरेक कार्यमा प्रदेश सरकारले सबै किसिमका श्रोतहरु परिचालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने गरी योजना ल्याएको उनले बताए ।

देवचुली पर्यटन सप्ताह को आज देवचुलीको र्कीतिपुरमा आयोजित महोत्सवको उदघाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । उनले पर्यटनको दिगो विकास बिना मुलुकको विकास असम्भव भएकाले पनि पर्यटन नेपालको विकासको एक हिस्सा भएकोमा जोड दिदै गण्डकी सरकारले नवलपरासी पुर्वको पर्यटनका सम्भावनाको खोजी गरी आवश्यक सबै सहयोग पुर्‍याउने दृढता व्यक्त गरेका छन् ।

पर्यटनको विकास अझ गण्डकी पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले पनि यहाँको विकास पर्यटन सँगै जोडिएकाले सरकारले पर्यटनको विकासलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट पारेका छन् ।आजबाट शुरु भएको देवचुली सप्ताह २१ गते सम्म चल्ने आयोजक देवचुली जेसीजले जनाएको छ ।

Write your Comment