काठमाडौं । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ। भोलिदेखि काठमाडौँमा आयोजना हुने छनोटको एसिया क्वालिफायर सुरु हुँदैछ।भोलि हुने उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग त्रिवि मैदानमा खेल्नेछन्। खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्। एसियाली छनोटका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्। जसमा नेपालसहित ८ मुलुकले सहभागिता जनाउँदै छन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्। आफ्नै भूमिमा आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने नेपालको लागि यो सुनौलो मौका हो।