काठमान्डौ । सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेटमा वृद्धि गरेको छ । आगामी आथिर्क वर्षका लागि सरकारले युवा तथा खेलकुदमा २ अर्ब ७४ करोड रुपैँया बजेट विनियोजन गरको हो । यो आथिर्क वर्ष २०७७/२०७८ को भन्दा ३८ करोड बढि हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेले आर्थिक वर्ष २०७८/२०७९ का लागि बजेटमा प्रस्तुत गरेका छन् ।