कावासोती । नवलपुरमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन् ।बिरामी हुनेमा हुप्सेकोट गाउँपालिका – ४ झ्यालवास ४० वर्षीय राम बाबु बयाम्बु र उनकी श्रीमती ३५ वर्षीया देउ कुमारी बयाम्बु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
सोमबार बिहान विषालु च्याउ पकाएर खाँदा बयाम्बु दम्पती सिकिस्त बनेका हुन् । च्याउ खाएको केही समयमै बान्ता हुने समस्या देखिएका बयाम्बु दम्पतीको जिल्ला अस्पताल मध्यविन्दु उपचार पश्चात थप उपचारको लागि चितवन पठाईएको प्रहरीले जनाएको छ ।