नवलपुर।१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । यस अघि चीनमा जारी यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो । जवाफमा माल्दिभ्सले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर ७४ मात्र बनाउन सक्यो र खेल १३८ रनले हार्न पुग्यो ।समूह ए बाट अपराजित रहँदै नेपालले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । यस अघि पहिलो खेलमा नेपालले मंगोलियालाई किर्तिमानी जितसंगै पराजित गरेको थिय।
नेपालको जितमा अभिनाश बोहराले ३ दशमलब ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए ।अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलो पटक ६ विकेट लिएका हुन् । उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५-५ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो। नेपालको लागि कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाएका थिए। पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी शतक हानेका कुशल मल्ल २० बलमा ३ चौका र २ छक्कासहित ४७ रनमा नटआउट रहे ।
दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाएर नट आउट भए । ओपनर आसिफ शेख ६ रनमै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भएका थिए ।विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा आउट भए ।गुलशन २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए ।
क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएको थिए । समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ। क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ।