आज:  २०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025 Search
FLASH NEWS

पेट्रोलमा २, डिजेलमा ६, एलपी ग्याँसमा २१५ ले मूल्य वृद्धि

    प्रकाशित २०८० आश्विन १३, शनिबार (१ साल अघि)


काठमाडौँ ।नेपाल आयल निगमले खाना पकाउने ग्यासको भाउमा भारी वृद्धि गरेको छ।इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आए पछि ग्यास सहित डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको निगमले जनाएको छ।

निगमले खाना पकाउने ग्यास सिलिन्डरमा २ सय १५ रुपैयाँ मूल्य बढाएको छ। अब ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ।त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ, पेट्रोलको प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ८ रुपैयाँ बढाएको हो। बढेको मूल्य आइतबारबाट नै कार्यान्वयनमा आउने छ।

आइओसीबाट नयाँ खरिद मूल्य बढेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाएको निगमले जनाएको छ।

Write your Comment