आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

सम्पूर्ण किताबको स्थापना दिवसमा छात्रालाई शैक्षिकसामग्री

    प्रकाशित २०८० भाद्र २३, शनिबार (१ साल अघि)


भरतपुर।सम्पूर्ण किताब नारायणगढले छैटौं स्थापना दिवसका अवसरमा सामुदायिक विद्यालयकी छात्रालाई शैक्षिकसामग्री उपलब्ध गराएको छ । सम्पूर्ण किताब नारायणगढमा शनिबार आयोजना गरिएको स्थापना दिवस विषेश कार्यक्रममा इच्छाकामना गाउँपालिका-७ स्थित श्री देउराली राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा विमला तामाङलाई झोला, कपडा, कापी, कलम, ज्यामिती बक्स, बालकथा, क्यालकुलेटरसहित शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

प्रसिद्ध कवि गोविन्दराज विनोदी, एलबी क्षेत्रीसहित जिल्लाका स्रस्टा एवम् पुस्तक व्यवसायीहरूको उपस्थितिमा छात्रालाई उक्त सामग्री उपलब्ध गराइएको हो ।

२०७५ सालमा स्थापना भएको सम्पूर्ण किताबले विशेषगरी साहित्यिक पुस्तकहरूको बिक्रीवितरणसँगै विमोचन, अन्तरक्रिया तथा छलफल कार्यक्रमहरू गर्दै आइरहेको छ । उद्घाटनका क्रममा पनि छात्रालाई शैक्षिकसामग्री उपलब्ध गराएको सम्पूर्ण किताबले हरेक वर्ष स्थापना दिवस मनाउने क्रममा सोही कामलाई निरन्तरता दिइरहेको सञ्चालक लेखराम सापकोटाले बताए ।

स्थापना दिवस विशेष कार्यक्रममा जिल्लाका थुप्रै साहित्यिक स्रस्टाहरूको जमघट थियो । शुभकामना मन्तव्यका क्रममा सम्पूर्ण किताबले व्यापारसँगसँगै साहित्यिक किताबको प्रचारप्रसार, बिक्रीवितरण तथा स्रस्टाहरूलाई लेखनमा समेत प्रोत्साहन गरेको भन्दै स्रस्टाहरूले प्रसंशा गरेका थिए । स्थापना दिवसको अवसर पारेर सम्पूर्ण किताबले `दशैं तिहार पुस्तक मेला-२०८०´ पनि शनिबार बाटै सुरु गरेको छ । मेलामा नेपाली, अङ्ग्रेजी तथा हिन्दी साहित्यका पुस्तकहरू १०% देखि ५०% सम्मको सहुलियतमा राखिएको सञ्चालक सापकोटाले बताए ।

Write your Comment