कावासोती।नेकपा (एमाले) कावासोती नगरपालिका अध्यक्ष रामकृष्ण ढुंगानाले नगर अध्यक्षको हैसियतमा कावासोती नगरपालिकाबाट कुनै पनि सेवा सुबिधा नलिएको बताउनु भएको छ । आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दैै उहाँले एमालेलाई दुष्प्रचार गरेको भन्दै खण्डन गर्नुभएको छ ।
म मेरो निष्ठा र आर्दशबाट कुनै विचलित छैन । म आबद्ध नेकपा (एमाले) पार्टीलाई समेत जोडेर भएका कतिपय नियोजित दुष्प्रचारहरुको म खण्डन गर्दछु । नेकपा (एमाले) नगर कमिटिको अध्यक्षको हैसियतले मैले कावासोती नगरपालिकाबाट कुनै पनि सेवा सुविधा नलिएको आम जनसमुदायमा स्पष्ट पार्न चाहन्छु विज्ञप्तिमा भनिएको छ । विगत केही दिन देखि कावासोती नगरपालिकाको राजनीतिक सल्लाहकारको नियुक्ति र सेवा सुविधाको बिषयमा प्रश्न उठेपछि उहाँले विज्ञप्ति मार्फत प्रष्ट पार्नु भएको हो ।
कावासोती नगरपालिकाले ढुंगानालाई २०८० जेठ २२ गते राजनीति सल्लाहकार नियुक्त गरेको थियो । मेरा नियुक्ति र पारिश्रमिकको बिषयमा सम्बन्धित निकायले प्रष्ट पार्ला नै । म मेरो निष्ठा र आर्दशबाट कुनै विचलित छैन उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
प्रेस विज्ञप्ति