आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा आधारभूत तथा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न,दुवै तहमा भीमसेन प्रथम

    प्रकाशित २०८० भाद्र १०, आईतबार (१ साल अघि)


देवचुली। देवचुलीमा आधारभूत तथा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा शनिबार संचालन भएको सामुदायिक तथा संस्थागत विद्यालयहरुको हाजिरीजवाफ प्रतियोगितामा आधारभूत र माध्यमिक तहमा नै भीमसेन आदर्श माध्यमिक विद्यालय प्रथम भएको हो।

शनिबार नगरभित्रका १४ वटा विद्यालयहरुको सहभागितामा भीमसेन आदर्श माध्यमिक विद्यालयको सभाहलमा संचालन भएको माध्यमिक तह स्तरीय प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालय प्रथम,सकला माध्यमिक विद्यालय द्वितिय र नेपाल माध्यमिक विद्यालय तृतीय भएका छन् ।


प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालयबाट सौगात दवाडी, मनिका बसेल र अपिल भुसाल सहभागी थिए भने सकलादेवी माध्यमिक विद्यालयबाट पुजा कंडेल,एलन खड्का र प्रवेश पाण्डेको सहभागिता रहेको थियो । त्यस्तै नेपाल माध्यमिक विद्यालयबाट प्रशान्त अर्याल,सुलभ ज्ञवाली र अमिशा न्यौपानेको सहभागिता रहेको थियो।

भीमसेन आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भुमिलाल लामिछानेको अध्यक्षता भएको माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिताको औपचारिक कार्यक्रममा देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा भीमसेन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रतियोगिताको संचालन शिक्षा शाखाका देवराज काफ्लेले गर्नुभएको थियो।


त्यसै गरि शनिबार नै नगरभित्रका २१ वटा विद्यालयहरुको सहभागितामा नेपाल माध्यमिक विद्यालयको सभाहलमा संचालन भएको आधारभूत तह(६-८) स्तरीय प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालय प्रथम,नेपाल माध्यमिक विद्यालय द्वितिय र सकलादेवी माध्यमिक विद्यालय तृतीय भएका छन् ।

प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालयबाट निशान भुसाल,सन्देश तिवारी र स्पर्श दिस्वा सहभागी थिए भने नेपाल माध्यमिक विद्यालयबाट सुवास्ना ढकाल,रिजन पुडासैनी र आर्जन अधिकारीको सहभागिता रहेको थियो । त्यस्तै सकलादेवी माध्यमिक विद्यालयबाट रिजन राना,पवन भण्डारी र आकृति चापागाईको सहभागिता रहेको थियो।


देवचुली नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालको अध्यक्षता भएको आधारभूत तह (कक्षा ६-८) को हाजिरीजवाफ प्रतियोगिताको औपचारिक कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव देवकोटाले स्वागत तथा संचालन गर्नुभएको थियो।

विद्यार्थीहरुलाई ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको देवचुली नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभयो ।


शुक्रबार नगरभित्रका ३२ वटा विद्यालयहरुको सहभागितामा वरचुली माध्यमिक विद्यालयको सभाहलमा भएको प्राथमिक तहको प्रतियोगितामा भृकुटी बोर्डिङ स्कुल प्रथम, वरचुली माध्यमिक विद्यालय द्वितिय र पृथ्वी माध्यमिक विद्यालय तृतीय भएका थिए।प्रतियोगितामा बिजेताहरुलाई राष्ट्रिय शिक्षा दिवसको दिन पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

Write your Comment