देवचुली। नवलपुर सिमेन्ट सामाग्री उत्पादन व्यावसायी समितिको अध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन् । समितिको शनिबार पिप्रहर होमस्टे देवचुलीमा भएको तेस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षता १५ सदस्यीय समिति चयन गरिएको हो।
जसको उपाध्यक्षमा शेषकान्त आचार्य,महासचिवमा गौरीश्वर न्यौपाने ,सचिवमा भिम सुवेदी,कोषाध्यक्ष प्रेम सापकोटा ,सदस्यहरुमा बलराम कोइराला,विरबहादुर घर्ती मगर,रुद्रलाल घिमिरे,टापिन्द्र सिंह महतो,गणेश पुरी,लोकबहादुर थनेत,अन्जित तिमल्सिना,यमलाल बम,मुना महत र रामसिंह कुँवर चयन भएका हुन् ।