आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

पुनःनिर्माण गरियो नवलपुरको सिख्रौलीघाटमा रहेको १३औँ शताब्दीको शिव मन्दिर

    प्रकाशित २०८० भाद्र ४, सोमबार (१ साल अघि)


गैँडाकोट। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ।नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं २०७० मा उत्खनन सुरु गरेको थियो।

दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर शैलीको शिव मन्दिर रहेको विभागले निष्कर्ष निकालेको थियो।पुरानै भग्नावशेष भेटिएको स्थानमा नै पुरातत्व विभागले रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण सम्पन्न गरेको छ।मन्दिरको पुनः निर्माण सकिए पनि मन्दिरको प्राण प्रतिष्ठा नगरिएका कारण पूजाआजाका लागि मन्दिर खुला नगरिएको कैलाश सन्न्यास आश्रम, महादेव थान व्यवस्थापन समितिका उपाध्यक्ष प्रेमलाल पौडेलले बताए।

‘पुरातत्व विभागले मन्दिरको पुनः निर्माण सकिएको भनेर बजेट निकासा गरिसक्यो’, उनले भने, ‘तर, उत्खनन गर्ने बेलामा मन्दिरको शिवलिङ्ग फुटेको अवस्थामा भेटिएको थियो, मन्दिर पुनः निर्माण गर्दा फुटेकै शिवलिङ्ग राखेका छौँ।’ रासस

Write your Comment