देवचुली ।नारायणी नदीमा माछा मार्ने क्रममा शनिबारदेखि बेपत्ता भएका देवचुलीका मंगल पुलामीको शव फेला परेको छ। कावासोती ११ लौगाईस्थित लोकाहा खोला र नारायणी नदीको दोभानमा माछा मार्न गएका देवचुली ११ पृथ्वीनगरका २० वर्षीय मंगल पुलामी बेपत्ता भएका थिए।
पुलामी बेपत्ता भएदेखि नै आफन्त लगायत स्थानीयहरु र माझीहरुले खोजी कार्य गरिरहेका थिए। देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारी,नगर प्रवक्ता तिलप्रसाद काफ्ले ,देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर लगायत आफन्त र स्थानीयहरु पुलामीको खोजीको लागि नदी किनारमा रहेका थिए। स्थानीय माझीहरुले बेपत्ता भएको स्थान नजिकैबाट पुलामीको शव फेला पारेका थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बेपत्ता पुलामीको शव आइतबार दिउँसो १ बजे लोकाहा खोला र नारायणी नदीको दोभानमा फेला परेको हो ।
पुलामीको शव पोष्टमार्टनका लागि मध्यबिन्दु जिल्ला अस्पताल लगिएको छ।