आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा प्लाष्टिकको प्रयोगले वातावरणमा देखिएको असर र विकल्पको खोजीको बारेमा छलफल

    प्रकाशित २०८० श्रावण २४, बुधबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकामा प्लाष्टिकको प्रयोगले वातावरणमा देखिएको असर र विकल्पको खोजीको बारेमा छलफल गरिएको छ। बुधबार इन्टरनेसनल डेभलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल, हिमवन्ती नेपाल, पारिवारिक निजि वन संघ र वन पैदावर उद्योग व्यवसायी महासंघको आयोजनामा देवचुली नगरपालिकाको कार्यपालिकाका सदस्य र सरोकारवालासँग छलफल गरिएको हो।


प्लास्टिकको प्रयोगले वातावरणमा प्रदुषण बढेकाले फोहरमैलालाई व्यवस्थापन गर्न पालिकाले गर्नुपर्ने काम साथै स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय तहको भूमिका लगायतका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको फरेष्ट एक्सन नेपालका संयोजक कमल भण्डारीले बताए।

पारिवारिक निजि वन संघका केन्द्रिय सदस्य सीता भुसालको अध्यक्षता अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगर‌पालिका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वन उद्यमबाट महिलाहरूको सशक्तीकरण परियोजनाका बारेमा फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक कमल भण्डारीले र जलवायु परिवर्तन,यसबाट परेका असरहरुका बारेमा हिमवन्ती नेपालका उषा ठकुरीले सहजीकरण गरेका थिए।त्यसै गरि फोहरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ र प्लास्टिकको न्यूनीकरणका विषयमा वेटर चितवनका संस्थापक संयोजक सागर कार्कीले र देवचुली नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि गरेका कार्यका बारेमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले सहजीकरण गरेका थिए।

कार्यक्रममा प्लास्टिकको प्रयोग कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा नगरपालिकाले योजना निर्माण गरि कार्यान्वयन गर्ने उप प्रमुख पार्वता तिवारीले बताइन् ।प्रत्येक वडाबाट स्थानीय उत्पादनको बजारीकरणका लागि सहयोग गर्ने उनले बताइन् ।

कार्यक्रममा नगर प्रवक्ता तिलप्रसाद काफ्ले,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पारिवारिक निजि वन संघका जिल्ला अध्यक्ष होमनाथ पाण्डे लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Write your Comment