आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

वाईज भिजन स्कुलद्वारा राष्ट्रिय सेवा दलको सहयोगमा वृक्षारोपण

    प्रकाशित २०८० श्रावण १८, बिहिबार (१ साल अघि)


कावासोती। कावासोती नगरपालिका १२ मा रहेको वाईज भिजन सेकेण्डरी स्कुलले राष्ट्रिय सेवा दलको सहयोगमा बुधबार वृक्षारोपण गरेको छ ।विद्यालयले कावासोती १२ पिठौली नारायणी किनारमा वृक्षारोपण गरेको हो। राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तीखोर ब्यारेक नवलपुरद्वारा सञ्चालित राष्ट्रिय सेवा दल सि.सं ४९ औं जुनियर डिभिजनमा छनोट भएका विद्यालयका विद्यार्थीहरूले वृक्षारोपण गरेका हुन् । वन क्षेत्रमा विद्यार्थीहरूले हर्रो , बर्रो , अमला , कागती , तेजपत्ता , मसला लगायतका बिरुवा रोपेका छन्।

वृक्षारोपण कार्यक्रम विद्यालय संचालक समिति अध्यक्ष सागर गुरुङको अध्यक्षता एवम् मध्य तालिम शिक्षालय हात्तीखोरका शिक्षा अधिकृत बासुशरण खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले गो ग्रीन अभियान अन्तर्गत रही वृक्षारोपण कार्यक्रम गरिएको हुनाले यसरी रोपिएका बिरुवाको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभएको थियो।उत्साहजनक रुपमा वृक्षारोपण गर्ने क्रममा बोल्दै विद्यालयका प्रिन्सिपल तिलक सापकोटाले वृक्षारोपण गर्दा पर्यावरणमा राम्रो असर पर्ने र हरियाली वातावरणले सकारात्मक सोचको विकासमा सहयोग समेत पुग्ने भएकाले आगामी दिनहरूमा अन्य स्थानहरूमा पनि बिरुवा रोप्ने बताउनुभएको थियो ।

वृक्षारोपण कार्यक्रममा कावासोती नगरपालिका वडा नं. १२ का अध्यक्ष ध्रुव खनाल, श्री नं. २ वन तथा पर्यावरण गणका सेनानी गोविन्द कुमार श्रेष्ठ, राष्ट्रिय सेवा दल तालिम शिक्षालयका गणेश न्यौपाने लगायको सहभागीता रहेको थियो ।

Write your Comment