कावासोती।रिटर्नी माईग्रेन्ट नेपालले स्थापना दिवसको अवसरमा नवलपुर जिल्लाका राष्ट्रिय खेलाडी, रिटर्नी उद्यमी र उत्कृष्ट पत्रकारहरु लाई सम्मान गर्ने भएको छ । यहि साउन २० गते नवलपुर चिस्यान केन्द्रको प्राङ्गणमा कार्यक्रम गर्न लागिएको नवलपुर चिस्यान केन्द्र, कावासोतीका अध्यक्ष एवं रिटर्नी माईग्रेन्ट नेपाल, गण्डकी प्रदेशका अध्यक्ष नेत्र नारायण थनेतले बताउनुभयो ।
“दिगो विकाश लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकाश” भन्ने मुल नारा लिएर विगतको बर्ष झै यस बर्ष पनि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषदद्वारा सप्ताह ब्यापी अन्तर्राष्ट्रिय युवा दिवस २०८० मनाउने क्रममा रिटर्नी माईग्रेन्ट नेपाल, नवलपुरले पनि यो सम्मान कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रमको अन्य आयोजक संस्थामा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद सानो ठिमी भक्तपुर अन्तर्गतको जिल्ला युवा समिति, नवलपुर रहेको छ । कार्यक्रमको अन्य सहकार्य गरेको संस्थाहरुमा रिटर्नी कृषि तथा पशुपालन कम्पनि लि., कावासोती १४, जागृति बाल तथा युवा सरोकार नेपाल, जिल्ला खेलकुद विकास समिति, नवलपुर, गण्डकी प्रदेश र नगर युवा सञ्जाल कावासोती नगरपालिका, नगर युवा सञ्जाल मध्यबिन्दु नगरपालिका , नगर युवा सञ्जाल गैंडाकोट नगरपालिका रहेका छन् ।
उक्त सम्मान कार्यक्रममा उपस्थित भई संस्थाको स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न आयोजकले सम्पूर्णमा उपस्थितीका लागि हार्दिक अनुरोध गरेको छ । कार्यक्रम बिहान ८ बजे बाट सुरु हुदैछ ।