आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

प्रदेश सभा सदस्य जि.सी.द्वारा जिल्ला अस्पतालको निरीक्षण

    प्रकाशित २०८० श्रावण १४, आईतबार (१ साल अघि)


कावासोती । गण्डकी प्रदेश सभा सदस्य पद्मा जि.सी.ले मध्यविन्दु जिल्ला अस्पताल नवलपुरबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाहरुको जानकारी लिनु भएको छ । आईतबार जिल्ला अस्पताल पुग्नु भएका उहाँले जिल्ला अस्पतालको भौतिक अवस्था, प्रवाह भइरहेको सेवा, विभिन्न उपकरणहरुको बारेमा जानकारी लिनुभयो ।

जिल्ला अस्पतालको जमिनको स्वामित्व, निर्माणधिन भवनको सम्पन्नता, विभिन्न उपकरण लगायतका विषयमा प्राप्त जानकारी पस्चात उहाँले अस्पतालनको विभिन्न पक्षहरुको सवलिकरणको लागि प्रदेश सरकारसंग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । मृगौला पीडितहरुको लागि डाइलेसिस सेवामा भइरहेको कठिनाईको व्यवस्थापनको लागि स्वास्थ्य निर्देशनालय सहितको निकायमा पहल गर्ने बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पालतमा चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको सहि परिचालन गर्दै अस्पतालको सेवाप्रवाहलाई नागरिक मैत्री बनाउन समेत उहाँले सो क्रममा आग्रह गर्नुभयो ।

मध्यविन्दु जिल्ला अस्पतालको हालको अवस्था सम्म आईपुग्दा स्थानीय समुदायले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले क्रमशः नागरिकहरुको अस्पतालमा बढ्दो चापलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सो क्रममा उहाँले अस्पतालका मेसु, स्वास्थ्यकर्मी, उपचारका लागि आएका सेवाग्राहीहरुसंँग समेत छलफल गर्नु भएको थियो ।

Write your Comment