आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा तीन कन्या माई हरित पार्क समुद्घाटन तथा वृक्षारोपण

    प्रकाशित २०८० श्रावण ७, आईतबार (१ साल अघि)


देवचुली। नवलपुरको देवचुलीमा तीन कन्या माई हरित पार्क समुद्घाटन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। तीन कन्या माई बहुधार्मिक पर्यटकीय साँस्कृतिक व्यवस्थापन संरक्षण संस्थाद्वारा देवचुली ७ र ८ को सिमानामा निर्माण गरिएको पार्कको गण्डकी प्रदेशका पूर्व सांसद ओमकला गौतमले समुद्घाटन गर्नुभएको हो।


कार्यक्रममा बोल्दै पूर्व सांसद गौतमले आफ्नो कार्यकालमा धार्मिक र पर्यटकीय क्षेत्र अन्तरगत यस क्षेत्रमा सहयोग गरेको र आफ्नो सहयोगको सदुपयोग भएकोमा खुशी व्यक्त गर्नुभएको थियो। पार्कलाई अझै व्यवस्थित गरि प्रचारप्रसार गर्न सके निकै नै सम्भावना बोकेको उहाँले बताउनुभयो ।पार्कको स्तरोन्नतिका लागि आफू सदैव तयार रहेको उहाँले बताउनुभयो ।

पार्कलाई अझै व्यवस्थापन गर्न बाँकी रहेको र अझै सुन्दर बनाउन सके पर्यटकीय गन्तव्यको रूपमा परिचित हुने नेपाल सरकारका उपसचिव एवम् देवचुली नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बताउनुभयो। देवचुली नगरपालिका मात्र होईन पार्कमा रहेको भ्यु टावरबाट छिमेकी पालिका,चितवन राष्ट्रिय निकुञ्ज तथा चितवनका केही ठाउँहरु सहज रुपमा दृश्यालोकन गर्न सकिने हुँदा प्रचारप्रसार जोड दिनुपर्ने उहाँले बताउनुभयो ।


संस्थाका अध्यक्ष बेनिमाया पुलामीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद ओमकला गौतमको प्रमुख आतिथ्यता रहेको थियो।नेपाल सरकारका उप सचिव विष्णु प्रसाद भुसाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय आमासमूह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।पार्कमा समुद्घाटन प्रमुख अतिथी एवम् विशिष्ट अतिथीहरुले पार्कमा धुपीका विरुवा रोपेका थिए ।कार्यक्रममा बलराज विकले स्वागत मन्तव्य र औपचारिक कार्यक्रमको सहजीकरण दुर्गाबहादुर बिरकट्टाले गरेका थिए।

 

Write your Comment