कावासोती। नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १२ ले आर्थिक वर्ष २०७९/०८० को योजना,कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धि वार्षिक प्रगति विवरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम शान्ति निकुञ्ज मा वि को सभाहलमा सम्पन्न गरेको छ।
कार्यक्रममा आव २०७९/०८० मा कावासोती १२ मा संघ,प्रदेश ,नगरपालिका तथा वडास्तरबाट विनियोजन भएको ३ करोड ३१ लाख रुपैयाँबाट संचालन भएका योजना तथा कार्यक्रमहरु साथै आगामी आर्थिक वर्षको मुख्य योजनाको बारेमा वडा अध्यक्ष ध्रुव खनालले सार्वजनिक गर्नुभएको थियो।
सार्वजनिक सुनुवाईमा सहभागीहरुले वडा कार्यालयबाट हाल सम्म भएका सेवाहरु कुनै गुनासो नभएको र वडाले अझै उत्कृष्ट काम गर्न सुझाव दिएका थिए। वडामा अझै धेरै काम गर्न आवश्यक रहेको बताउँदै सहभागीले सुझाव समेत दिएका थिए। सहभागीहरुको प्रशनहरुको वडा अध्यक्ष ध्रुव खनालले जवाफ दिनुभएको थियो।
सो कार्यक्रममा वडाका विभिन्न संघसंस्था, टोलसुधार समिती ,वडाबासीहरुको सहभागिता रहेको थियो।