देवचुली । देवचुली नगरपालिकामा महिला सशक्तीकरण सम्बन्धि १ दिवशिय गोष्ठी सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपशाखाको आयोजनामा बिहिवार महाराजा सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा गोष्ठी सम्पन्न भएको हो ।
उपशाखा अन्तरगत रहेका महिलाहरूलाई सामाजिक संरचनामा अर्थपूर्ण सहभागिता गराई जागरुक तथा सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक उपशाखाका सभापति देवेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।गोष्ठीमा विजय विकास स्रोत केन्द्रका अध्यक्ष तथा महिला सशक्तीकरण जिल्ला सहजकर्ता लक्ष्मी गौतम,उद्यमशीलता विकास तालिमका प्रशिक्षक कोपिला पौडेल र जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला सेल प्रमुख बिन्दु बिक लगायतले गोष्ठीमा सहजीकरण गर्नुभएको थियो।
नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपशाखाका सभापति देवेन्द्रप्रसाद शर्माको अध्यक्षता भएको कार्यक्रममा जिल्ला शाखा लैङ्गिक समावेशी फाँट संयोजक दुर्गा लक्ष्मी पाठक काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। जिल्ला शाखाका सभापति ऋषिराम कंडेल ,प्रगतिनगर शाखाका संस्थापक सभापति शशिधर रेग्मी,सदस्य रफिफ अहमद लगायत ४० जनाको उपस्थितिमा गोष्ठी सम्पन्न भएको । सो कार्यक्रमको संयोजन मिना सापकोटाले गर्नुभएको थियो ।