आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

नवलपुरमा प्रदेश स्तरीय महिला फुटबल प्रतियाेगिता हुँदै

    प्रकाशित २०८० जेष्ठ २२, सोमबार (१ साल अघि)


नवलपुर । नवलपुरमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ। जेठ २३ गते मंगलबारबाट प्रतियोगिता सुरु हुने जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले बताउनुभयो ।

प्रदेश खेलकुद परिषद गण्डकीकाे प्रायाेजन र जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा खेल हुन लागेको हाे । कावासाेती १७ स्थित सरस्वती मावि गाेछडाकाे खेलमैदानमा प्रतियोगिता हुने अध्यक्ष पुनले बताउनुभयो ।

२५ गते फाइल खेल हुने प्रतियोगितामा नवलपुर ,स्याङ्जा ,तनहुँ ,लमजुङ ,गाेर्खा र बाग्लुङ गरि ६ जिल्लाकाे सहभागीता हुने आयाेजकले बताएको छ । उद्घाटन खेल नवलपुर र गाेरखाबिच हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष पुनले बताउनुभयो । प्रतियोगिता विजेतालाई ५० हजार ,उप विजेतालाई ३० र सेमिफाइनलमा पुगेका टिमलाई १०/१० हजार प्रदान गरिने उहाँले बताउनुभयो ।

नवलपुरमा हालैकाे वर्षमा विभिन्न खेलकुदका कार्यक्रम गरिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका प्रवक्ता कृष्ण पाण्डेले बताउनुभयो । जिल्लाले विभिन्न प्रतियोगितामा पदक जितेको समेत बताउनुभयो । उहाले आगामी दिनमा सबै पालिकामा खेलकुद समिति , खेल प्रशिक्षण , खेलकुद विकास समितिकाे भवन निर्माण ,विभिन्न खेलकुदका प्रशिक्षक तयार लगायतका याेजना रहेको समेत प्रवक्ता पाण्डेले बताउनुभयो ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रिधर शर्माले प्रदेशले खेलकुद र पर्यटनलाई जाेडेर अघि बढाउन लागेकाे बताउनुभयो । शाहासिक खेल र परम्परागत खेललाई प्राेत्साहन गर्दै खेल र पर्यटन जाेड्दै जान सकिन उहाँकाे भनाइ छ । गाेछडामा खेल गर्नु समेत पर्यटनलाई जाेड्नु उधेश्य रहेको बताउनुभयो ।

बालबालिकालाई खेल मैदानमा ल्याउने,सिकाउने र विभिन्न प्रतियोगितामा पुर्याउने र टिकाउने गरि लाग्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि “स्कुल देखि ओलम्पिक सम्म ” कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो ।गाउँ तहसम्म पुगेर लुकेर रहेका खेलाडी खाेजी खेलकुदमा अघि बढाउन “खेल्छ गण्डकी ” कार्यक्रम समेत अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।

संस्थागत विकास र परिचालन गर्दै खेलकुदकाे विकासमा लाग्नुपर्ने र यसकाे लागि याेजना बनाएर अघि बढ्ने तयारी गरिएको सदस्य सचिव शर्माले बताउनुभयो ।समग्रमा खेलकुदकाे विकासका लागि प्रदेश खेलकुद परिषद लागेको उहाँले बताउनुभयो ।

Write your Comment