आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाले दियो कृषकलाई धानको बिउमा अनुदान

    प्रकाशित २०८० जेष्ठ ३, बुधबार (१ साल अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिकाले कृषकहरुलाई राहत प्रदान गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको छ । नगरपालिकाले कृषि सहकारी /एग्रोभेट तथा भेट फर्मामार्फत बैशाख २६ गतेदेखि धानको बिउ वितरण शुरु गरेको हो ।


उन्नत बिउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख गगन भट्टराईले बताए । प्रत्येक वितरण केन्द्रमा धानको जात र कृषकले प्रतिकिलो तिर्नुपर्ने रकमको मुल्यसुची नै राखिएकाले आफुलाई आवश्यक पर्ने बीउको हेरेर खरिद गर्न सकिने उनले बताए ।

देवचुली नगरपालिकाले अनुदानमा बिउ वितरणको लागि छुट्टाइएको बजेटबाट ढुवानी, लोड अनलोड, सहकारीलाई प्रोत्साहन शुल्कलगायत खर्च कटाएर १२ लाख बराबरको धान अनुदान वितरण गर्न थालिएको देवचुली नगरपालिका कृषि विकास शाखाका नरेन्द्र भण्डारीले बताए ।


नगरपालिकाले पाथीभरा कृषि भण्डार देवचुली १७, चौधरी एग्रोभेट देवचुली १६,न्यु वरचुली भेट फर्मा देवचुली १७,अर्याल भेट फर्मा देवचुली १, लालिमा कृषि सहकारी देवचुली ३,प्रगति भेट फर्मा देवचुली १३, हाम्रो देवचुली एग्रो सेन्टर देवचुली १३ र कालिका एग्रोभेट देवचुली १५ लाई बिउ वितरणको लागि जिम्मेवारी दिएको जनाएको छ । कृषकको मागअनुसार सावित्री,राम,सावा मन्सुली, राधा ४,सुद्दोधन कालानमक,सुख्खा ३ , चैते ५ लगायतका धानको बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ ।

Write your Comment