आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा प्रगतिनगर खानेपानीको भवन शिलन्यास

    प्रकाशित २०८० बैशाख १३, बुधबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रधान कार्यालय परिसरमा निर्माण हुने भवनको शिलन्यास गरिएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको सहयोगमा निर्माण हुन लागेको भवनको बुधबार देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले शिलन्यास गर्नुभएको हो ।

भवन शिलन्यास कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले देशकै उत्कृष्ट खानेपानी संस्थाले अझै नमूना कार्य गर्नका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले नगरबासीहरुलाई स्वस्थ पिउने पानी उपभोगका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालकै उत्कृष्ट खानेपानी संस्थाको प्रधान कार्यालय परिसरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयको बजेट अन्तरगतबाट २ कोठे पक्की भवन निर्माण हुने संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षता भएको शिलान्यास कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।


कार्यक्रममा संस्थाका कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, लेखा समिति सदस्यहरु, सुरक्षा याेजना उप समितिका सदस्यहरु, उपभाेक्ताहरु ,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।सो कार्यक्रमको संचालन संस्थाका सचिव इन्द्रमणी भुसालले गर्नुभएको थियो।

Write your Comment