चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् ।
लामिछानेले ४२ हजार ९६२ को भारी मतान्तरको निकालेका हुन् । उनले कुल ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत पाएका छन् ।त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा यहाँ ७८२७७ मत खसेको थियो ।