नवलपुर । नेकपा ( एमाले) ले शुरू गरेकाे मिसन ग्रासरूट अभियान सकिएकाे छ । अभियान फागुन २५ गते देखि शुरू भएकाे थियाे । दुई महिने अभियान अन्तरगत वडा भेला, पार्टी प्रशिक्षण, नयाँ सदस्यता वितरण, समस्याकाे पहिचान र समाधानकाे उपाय निकाल्दै अभियान सकिएकाे हाे ।
अभियानमा २७९ जना पार्टी सदस्यकाे नविकरण सक्ने निर्णय गरेकाे छ ।अभियान सफल भएकाे समिक्षाकाे ठहर गर्दै पुरानालाई सम्मान र याेगदानकाे मुल्यांकन गर्दा एउटा पुस्ताकाे सम्मान हुने र नयाँ युवाहरूलाई राजनीतिमा आकर्षण गर्नुपर्ने समिक्षामा वडाका प्रतिनिधिले धारणा राखेका थिए ।
समिक्षामा केन्द्रीय अभियान्ता जमिन्द्र मान घले , प्रदेश उपाध्यक्ष माेहन रेग्मी, प्रदेश सदस्य गाेपेन्द्र केशरी न्याैपाने, टंक गिरी, जिल्ला कमिटी सदस्यहरू दिपक बस्ताकाेटी, विद्रोही गिरी,सालिकराम बाग्ले लगायतकाे उपस्थिति रहेकाे थियाे ।