आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा रिटर्नी माइग्रेटहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    प्रकाशित २०७९ चैत्र २७, सोमबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा रिटर्नी माइग्रेटहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजना तथा रिटर्नी माइग्रेट नेपाल जिल्ला समिति नवलपुरको समन्वयमा चैत्र २२ गतेबाट सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो।

देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको अध्यक्षता आज भएको समापन कार्यक्रममा रिटर्नी माइग्रेट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत,रिटर्नी माइग्रेट नेपाल नवलपुरका अध्यक्ष भिमबहादुर महतो,रिटर्नी माइग्रेट नेपाल देवचुलीका अध्यक्ष राजु बिकको उपस्थिति रहेको थियो।


समापनमा बोल्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले रिटर्नीहरुलाई विदेशमा सिकेको सीपलाई प्रयोग गरि देशमै स्वरोजगार भई काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । आर्थिक विकासका लागि स्वरोजगार हुनुपर्ने बताउँदै तिवारीले आफ्नो व्यवसायलाई योजनाबद्ध तरिकाले संचालन गर्न सके उपलब्धि हुने कुरामा जोड दिनुभयो । देवचुली नगरपालिकाले किसानहरुलाई कम लागतमा बढी उत्पादन गराउनका लागि दाना निर्माण गर्ने (साइलेज) उद्योग स्थापना गर्न लागेको र कम मुल्यमा दाना किसानलाई पुर्‍याउन काम गर्दै गरेको उहाँले बताउनुभयो । नगरपालिकामा रिटर्नी माइग्रेटहरुका सबै व्यवसायहरु कसरी वृद्धि गर्न सकिन्छ भनेर तालिम राखिएको र आगामी दिनमा समेत मागका आधारमा तालिमहरु संचालनका लागि सहयोग गर्न नगरपालिका तयार रहेको उहाँको भनाई छ ।

६ दिनसम्म व्यवसायलाई व्यवस्थित रुपमा संचालन गर्न योजना निर्माण गरि सफल उद्यमी बन्न तालिम फलदायक रहेको सहभागी हेम काफ्लेले बताउनुभयो ।त्यस्तै अर्का सहभागी शोभा कुमालले विदेशबाट आएका युवाहरूलाई तालिम दिएर अवसरको सिर्जना गरेको बताउनुभयो । रिटर्नीका लागि कार्यक्रम संचालन गरेकोमा सहभागीको तर्फबाट देवचुली नगरपालिकालाई धन्यवाद व्यक्त गरेका थिए।


रिटर्नी माइग्रेट नेपाल नवलपुरका अध्यक्ष भीमबहादुर महतोले नवलपुरका सबै पालिकामा रिटर्नीका लागि कार्यक्रम अनुरोध गरिएको बताउनुभयो । तालिममा सिकेका कुराहरुलाई आफ्नो व्यवसायमा प्रयोग गर्न समेत उहाँले अनुरोध गर्नुभयो ।

६ दिन सम्म संचालन भएको तालिमको श्यामकाजी खत्री र गीता सापकोटाले सहजीकरण गर्नुभएको थियोे । समापन कार्यक्रमको संचालन देवचुली नगरपालिका आर्थिक विकास शाखाका प्रमुख शिव सापकोटाले गर्नुभएको थियो। तालिममा २८ जनाको सहभागिता रहेको देवचुली नगरपालिकाले जनाएको छ ।

Write your Comment