आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

जिल्ला बजार अनुगमन टोली नवलपुरद्धारा देवचुलीको बजार अनुगमन

    प्रकाशित २०७९ चैत्र १८, शनिबार (१ साल अघि)


देवचुली। जिल्ला बजार अनुगमन टोली नवलपुरले शनिबार दलदले बजार क्षेत्रको अनुगमन गरेकोे छ । देवचुली नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय नवलपुरको सहयोगमा देवचुली नगरपालिका १३ स्थित दलदले बजारक्षेत्रमा अनुगमन गरिएको हो ।

जिल्ला अनुगमन टोलीले उपभोग्य सामग्रीका पसल, मासुपसल, किराना पसल, मिठाई पसल, अस्पताल, ईलेक्ट्रोनिक पसल, फलफूल र तरकारी पसल गरि १९ वटा पसलमा अनुगमन गरेको हो ।अनुगमनमा केही पसलमा मुल्य सुचि टाँस नगरेको, बिना दर्ता सञ्चालन भएको, म्याद गुज्रेको सामान भेटिएको,बिल भरपाई नभएको भेटिएको छ। त्यस्तै अनुगमनका क्रममा म्याद नभएको २०० प्याकेट जुस र बिग्रिएको ४० के.जी मासु भेटिएको जफत गरि देवचुली नगरपालिकाले नष्ट गरेको छ ।टोलीले अनुगमनको क्रममा केही मासु पसलहरुमा सरसफाई नभएको पाएको छ । अनुगमनका क्रममा तत्काल पसलमा बिल भरपाई राख्न,दर्ता नगरेको पसललाई तुरुन्त दर्ता गर्नका लागि समय प्रदान गरिएको छ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल,जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी, भेटरेनरी अस्पताल तथा पशु सेवा केन्द्र नवलपुरका डा.ऋषभ गुरागाई, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, देवचुली नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत शिव सापकोटा, उद्योग वाणिज्य संघ देवचुलीका वरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रेशम सापकोटा, पर्यटन तथा उद्योग कार्यालय नवलपुरका कार्यालय प्रमुख सागर खनाल लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment