नवलपुर । चैत १७ गतेबाट हुने एसइइ परीक्षामा देवचुली नगरपालिकाबाट १ हजार ८३ जना सहभागी हुने भएका छन् ।जसमा ५ सय २ छात्रा र ५ सय ८१ छात्र रहेका छन् ।
देवचुलीबाट नियमित तर्फ ४ सय ७८ छात्रा र ५ सय ४२ छात्र गरि १ हजार २० जना तथा प्राविधिक तर्फ २४ छात्रा र ३९ छात्र गरि ६३ जना परीक्षार्थी रहेको देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका ५ परीक्षा केन्द्रबाट १६ विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् । जसमा ९ सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय रहेका छन् ।
“परीक्षा मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक तयारी सम्पन्न भैसकेको छ ।” ढकालले भन्नुभयो ।