आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुली १२ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण तथा विपन्न दलित महिलाहरुलाई बाख्रा वितरण

    प्रकाशित २०७९ चैत्र १३, सोमबार (१ साल अघि)


देवचुली ।देवचुली नगरपालिका वडा नम्बर १२ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण साथै वडा भित्र रहेका विपन्न, दलित महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका- १२ बाट लक्षित समुदाय सशक्तिकरण कार्यक्रमका लागि बिनियोजित बजेटबाट सुनौला हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति १ किलोग्राम मह र १ क्रेट अण्डा वितरण गरिएको हो भने अति विपन्न, दलित महिला र अपाङ्गता भएका व्यक्तिहरुको लागि बाख्राको पाठी वितरण गरिएको हो ।

बच्चाहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि पोषणको आवश्यकता हुने भएकाले सो कुराको सचेतता गराउँदै सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण गरिएको देवचुली- १२ का अध्यक्ष लोकप्रसाद भुर्तेलले बताउनुभयो । वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक हजार दिनका आमाहरुको नाम संकलन गर्न अनुरोध गरिएको र आज ६७ जना सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण गरिएको हो ।

देवचुली- १२ का विपन्न महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउनका लागि वडाले ४५ जनालाई बाख्राको पाठी वितरण गरिएको भुर्तेलले बताउनुभयो । बाख्रालाई उचित रेखदेख गरी आर्थिक उपार्जन गर्न सहज हुने भएकाले लक्षित समुदायलाई बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । वडाले वितरण गरिएको बाख्राको निरन्तर अनुगमन गर्ने र वितरण गरिएको बाख्राको वडाले नै बीमा गरिदिएको उहाँले जानकारी दिनुभयो ।

 देवचुली-१२ का अध्यक्ष लोकप्रसाद भुर्तेलको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो।सो कार्यक्रममा वडा भित्र रहेका स्थानीय बुद्धिजिवि, महिला दिदीबहिनी, वडासदस्य लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा देवचुली नगरपालिका कार्यपालिका सदस्य फूलकुमारी वि.कले स्वागत मन्तव्य र वडा सदस्य धर्माकुमारी न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment