काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार रक्षक एवं सामाजिक अभियन्ताहरूको वृहत् राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ ।आज राष्ट्रिय सभा गृहमा हुने सम्मेलनको उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने भएको हो ।सम्मेलनको सम्पुर्ण तयारी सकिएको राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चका उप सचिव तिलोतम पौडेलले जानकारी दिनुभयो ।
लोकतन्त्र, ्ताफ्ब्ब, मानवअधिकार, सामाजिक न्याय, सुशासन र जबाफदेहिताको स्थानीय तहसम्म प्रवर्द्धन र सुदृढीकरणका लागि ७ सय ५३ं स्थानीय तह र ७ प्रदेशबाट प्रतिनिधित्व हुने मानव अधिकार रक्षक एवं सामाजिक अभियन्ताहरूको वृहत् राष्ट्रिय सम्मेलन हुन लागेको राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चका अध्यक्ष मीनबहादुर शाहीले बताउनुभयो ।